धरानका मेयरले प्रेसमाथि अपमानजनक बोलेको भन्दै पाँच दलको आपत्ति

हिमाल प्रेस १९ वैशाख २०८० ९:५२
4
SHARES
धरानका मेयरले प्रेसमाथि अपमानजनक बोलेको भन्दै पाँच दलको आपत्ति

इटहरी- धरानका मेयर हर्क साम्पाङले प्रेसमाथि गरेको अपमानजनक व्यवहारप्रति राजनीतिक दलहरूको आपत्ति जनाएका छन्।

धरान नगर समितिका राजनीतिक दलहरूले मेयर साम्पाङले प्रेसमाथि गरेको अमर्यादित र अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाएका हुन्।

जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुनेगरी नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटकपटक धावा बोलिरहेको भन्दै आपत्ति जनाइएको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नियोजित उद्देश्य पूरा गर्न र सस्तो प्रचारबाजीका लागि मर्यादित प्रेसमाथि गरिरहेको अमर्यादित व्यवहार र टिप्पणीलाई तत्काल सुधार गरी स्वतन्त्र प्रेसप्रति सम्मान गर्न आग्रह गर्दछौँ।’

मेयर साम्पाङले आफूलाई विधि, प्रक्रिया र कानुनभन्दा माथि ठानेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रस्तुत गरिरहेको व्यवहार सुधार गर्न पनि दलहरूले सचेत गराएका छन्।

प्रकाशित: १९ वैशाख २०८० ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =