धरानका मेयर हर्क साम्पाङविरुद्ध दलहरू आन्दोलित

हिमाल प्रेस १७ पुष २०८० १४:१८
24
SHARES
धरानका मेयर हर्क साम्पाङविरुद्ध दलहरू आन्दोलित

इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलित भएका छ्न्। मेयर साम्पाङले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर कार्यकक्षबाट हटाएर किराती राजा यलम्बरको तस्बिर राखेका थिए।

साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो राखेका छन्।

गत बुधबार नगर प्रमुख राईको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रिभोलुसनबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरातीहरूको राजा यलम्बरको तस्बिर राख्ने जानकारी गराएका थिए। ‘जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँसिन्छ,’ नगरप्रमुख राईले सञ्जालमा लेखेका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएपछि साम्पाङको चौतर्फी आलोचना भइरहेको छ।

हर्क साम्पाङले राष्ट्रपति र प्रधामन्त्रीको तस्बिर हटाएपछि उपमेयरले जनाए आपत्ति

पाँच राजनीतिक दलले भने : हर्क साम्पाङ उदण्डताको बाटोमा

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रकाशित: १७ पुष २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =