हर्क साम्पाङले राष्ट्रपति र प्रधामन्त्रीको तस्बिर हटाएपछि उपमेयरले जनाए आपत्ति

हिमाल प्रेस १३ पुष २०८० १६:५४
20
SHARES
हर्क साम्पाङले राष्ट्रपति र प्रधामन्त्रीको तस्बिर हटाएपछि उपमेयरले जनाए आपत्ति

इटहरी- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर हटाएकोप्रति उपप्रमुख अइन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन्। उनले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस घटनाले आफू दुखि भएको पनि बताएका छन्।

प्रमुख साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराती राजा एलम्बरको तस्बिर राखेका छन्। बेघाले नेपालको संविधानको मर्म र भावनाअनुसार जिम्मेवार हुन नगरप्रमुख साम्पाङलाई आग्रह पनि गरेका छन्।

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रकाशित: १३ पुष २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =