रवि लामिछाने ९५ दिनपछि फेरि संसदीय दलको नेता

हिमाल प्रेस १८ वैशाख २०८० १७:२६
6
SHARES
रवि लामिछाने ९५ दिनपछि फेरि संसदीय दलको नेता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा पुनः चयन गरेको हो।

माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने प्रतिनिधिसभा सदस्यका लागि योग्य नभएको फैसला गरेपछि उनको संसदीय दलको नेता र उपप्रधानमन्त्री एवम् गृहमन्त्री पद गुमेको थियो। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको अदालतको ठहर थियो।

प्रक्रिया पूरा गरेपछि केही दिनमै लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेका थिए। त्यसपछि चितवन निर्वाचन क्षेत्र २ मा वैशाख १० उपनिर्वाचन भएको थियो। उक्त उपनिर्वाचनमा निर्वाचित भएपछि लामिछाने फेरि संसदीय दलको नेता चयन भएका हुन्।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले संसदीय दलकाे नेतामा लामिछानेलाई चयन गरिएकाे जानकारी दिए। सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने उनले बताए। ‘पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ,’ उनले भने।

त्यस्तै सरकारमा सहभागी हुने सम्बन्धमा शुक्रबारको संयुक्त बैठकमा छलफल हुने उनले बताए। शुक्रबारको छलफलबाट सरकारबारे टुङ्गो लाग्ने उनको भनाइ थियो।
यसअघि मंगलबार नै बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग पनि गठन गरेको छ।

प्रकाशित: १८ वैशाख २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =