बजेटमार्फत महाबीर पुनको माग सम्बोधन, कुल पुँजीगत बजेटको १ प्रतिशत नवप्रवर्द्धन र आविष्कारमा

हिमाल प्रेस १५ जेठ २०८० १८:१७ | Monday, May 29, 2023
बजेटमार्फत महाबीर पुनको माग सम्बोधन, कुल पुँजीगत बजेटको १ प्रतिशत नवप्रवर्द्धन र आविष्कारमा संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत नवप्रवर्द्धन र आविष्कारलाई प्रोत्साहन गर्ने नीति लिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै आविष्कारलाई प्रोत्साहन गर्ने घोषणा गरे।

बजेट वक्तव्यमार्फत सरकारले कुल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत रकम अनुसन्धान नवप्रवर्द्धन र आविष्कारमा खर्च गर्ने नीति लिइने बताएको छ।

कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट नवप्रवर्द्धन र आविष्कार क्षेत्रमा विनियोजन गर्न वैज्ञानिक महाबीर पुन माग गर्दै आएका थिए। उक्त माग गर्दै उनी माइतीघरमा अनशत पनि बसेका थिए। सरकारले माग सम्बोधन गर्ने बताएपछि उनको अनशत स्थगित गरिएको थियो।

सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रदेश र स्थानीय तहलाई आविष्कार कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने पनि अर्थमन्त्री महतले बताए।

नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाई स्थापना गरिने पनि मन्त्री महतले बताए।

उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौँमा इनोभेसन सेन्टर स्थापना गरिने पनि मन्त्री महतले उल्लेख गरे।

प्रकाशित: १५ जेठ २०८० १८:१७ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast