नयाँदिल्लीमा आइएमई इन्डियाको नयाँ शाखा

हिमाल प्रेस ५ जेठ २०८० १६:०० | Friday, May 19, 2023
नयाँदिल्लीमा आइएमई इन्डियाको नयाँ शाखा

काठमाडौँ- आइएमई इन्डिया प्रालिले भारतको राजधानी नयाँ दिल्लीमा नयाँ शाखा सुरु गरेको छ। दिल्लीको कनॉट प्लेस बाह्रखम्बा रोडमा स्थापित नयाँ शाखाको भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले उद्घाटन गरेका हुन्।

आइएमई इन्डियाले नयाँ शाखामार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ। शाखा उद्घाटन गर्दै राजदूत शर्माले यसमार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयलाई रेमिट्यान्स सेवा तथा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिए।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए। उनले भने, ‘यसबाट भारतमा रहेका नेपालीलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्नेछ।’

प्रकाशित: ५ जेठ २०८० १६:०० | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast