डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

हिमाल प्रेस २ जेठ २०८० २०:१९ | Tuesday, May 16, 2023
डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौँ- नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएको भन्दै मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर १० रुपैयाँ घटाइएको हो।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। उनको अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम भएको छ।

निगमले पेट्रोल, हवाई इन्धन, एलपी ग्यासको मूल्य यथावत राखेको छ। हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ६० रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ रहेको छ।

प्रकाशित: २ जेठ २०८० २०:१९ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast