‘आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

हिमाल प्रेस २ जेठ २०८० १७:०० | Tuesday, May 16, 2023
‘आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा मन्त्री रिजालले यस्तो बताएका हुन्। उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रभावकारी रूपमा काम गर्ने बताए।

स्वदेशी वस्तुको उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयआर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ थियो।

सरकारले उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालन गरेको ‘मेक इन नेपाल’ अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवद्र्धन र निर्यातमा सकारात्मक भुमिका खेल्ने विश्वास रहेको उनले बताए।

लगानीमैत्री वातावरण निर्माण गरी आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोतको उपभोग गर्न आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए।

प्रकाशित: २ जेठ २०८० १७:०० | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast