१ सय किलो गाँजासहित गाडी नियन्त्रणमा

हिमाल प्रेस १४ वैशाख २०८० ८:०२
4
SHARES
१ सय किलो गाँजासहित गाडी नियन्त्रणमा

काठमाडौँ- मोरङको विराटनगर महानगरपालिका १ स्थित नोबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको छ।

मंगलबार इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले गाडी रोकेपछि चालक भने फरार भएका छन्।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी
कार्यालय मोरङमा बुझाएको छ ।

प्रकाशित: १४ वैशाख २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =