आधारभूत आवश्यकता केन्द्रित बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव

हिमाल प्रेस १२ वैशाख २०८० १८:०४
6
SHARES
आधारभूत आवश्यकता केन्द्रित बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन्।

आगामी बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव लिन मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले मुलुकको आर्थिक परिस्थितिअनुसार जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टी नेता डा. प्रकाशशरण महतलाई सुझाव दिएका हुन्।

सोमबार र मंगलबार भएको बैठकमा कतिपय सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरे। बैठकमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने बताए। बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिन देउवाले सांसदहरूलाई आग्रह गरे।

बैठकमा अर्थमन्त्री डा. महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने बताए।
अर्थमन्त्री डा. महतले सांसदहरूले राखेका जिज्ञासाबारे जवाफ दिँदै बजेटका लागि स्रोतसाधनको कमी रहेको र सोहीअनुसार तर्जुमा गरिने बताए।

जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट तर्जुमा गरिने अर्थमन्त्री महतको भनाइ थियो। रासस

प्रकाशित: १२ वैशाख २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =