तनहुँमा मतगणना जारी : रास्वपाका स्वर्णिमले झनै बढाए अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० ८:०५
20
SHARES
तनहुँमा मतगणना जारी : रास्वपाका स्वर्णिमले झनै बढाए अग्रता

काठमाडौँ- तनहुँ-१ को उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अर्थविद् डा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

अहिलेसम्म १३ हजार ६५ मत गणना सकिँदा वाग्लेले ७ हजार २ सय ९३ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत ल्याएका छन् भने एमालेका सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत मात्रै ल्याएका छन्।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएको गणनामा वाग्लेले अग्रता बढाइरहेका छन्।

तनहुँ १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ।

प्रकाशित: ११ वैशाख २०८० ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =