उपनिर्वाचनका लागि तरुण दलले खटायो प्रतिनिधि

हिमाल प्रेस ७ वैशाख २०८० ७:२९
2
SHARE
उपनिर्वाचनका लागि तरुण दलले खटायो प्रतिनिधि

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरुण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।

उपनिर्वाचनमा कांग्रेस र वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरुण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो।

बारा २ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि खटाइएको तरुण दल केन्द्रीय कार्यालयले जनाएको छ।

साथै चितवन २ मा रत्न महर्जन र आरसी भट्टराईलाई तथा तनहुँ १ मा ललित गुरुङ र सागर गुरुङलाई केन्द्रीय प्रतिनिधि बनाइएको छ।

प्रकाशित: ७ वैशाख २०८० ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =