नेताहरूमाथि आक्रमण भयो, प्रहरी चुप बस्यो हामी चुप बस्दैनौँ : तरुण दल

हिमाल प्रेस २० भदौ २०८० १७:३७
20
SHARES
नेताहरूमाथि आक्रमण भयो, प्रहरी चुप बस्यो हामी चुप बस्दैनौँ : तरुण दल

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति गम्भीर आपत्ति जनाएको छ। तरूण दल अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति जारी गर्दै ‘यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार भएको’ उल्लेख गरेका छन्।

तरुण दलले प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेकोले चुप लागेर नबस्ने बताएको छ।

तरूण दलका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो रिपोर्टस् क्लबबाट बाहिरिँदै गर्दा खुकुरी प्रहार भएको थियो। उनको टाउकोमा चोट लागेको छ। यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तो छ विज्ञप्ति 

आज मिति २०८०/०५/२० गते नेपाल तरुण दलको पूर्व अध्यक्ष ,पूर्व खानेपनि मन्त्री एवं नेपाली काङ्ग्रेसको सह महामन्त्री आदरणीय महेन्द्र यादवज्युमाथि दिउँसै गुन्डागर्दी शैलिमा खुकुरी प्रहार गरी साङ्घातिक आक्रमण भएको कार्यको घोर भर्त्सना र निन्दा गर्दछु। नेपालको प्रहरी प्रशासन मुकदर्शक बनी भएको घटना नेपाल तरुण दलले सामान्य रुपमा नभएको महसुस गरेको छ।

दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियारसहित हिडडुल गर्ने व्यक्ति चिन्न नसक्ने यस्ता कार्यको अब नेपाल तरुण दल चुप लागेर सहेर बस्न सक्दैन। हरेक समय नेपाली काङ्ग्रेसको प्रभावशाली नेताहरूलाइ छानी छानी आक्रमण गर्ने यो मनस्थितिको  विषयमा नेपाल तरुण दल नेपाल सरकारको प्रधानमन्त्री एवं नेपाल सरकार गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछ।
नेपाल तरुण दलको सम्यम्तामाथि यदि कोहि व्यक्ति संस्था लाग्छ भने यो राष्ट्रमा आँधिबेहेरीको मुचुल्का उठ्नेछ र हुन सक्ने परिस्थितको जिम्मेवार स्वयं नेपाल सरकार एवं गृहमन्त्रीरहेको जानकारी गराउँदछौँ।जय नेपाल। जय तरुण।
विद्वान गुरुङ
अध्यक्ष ,नेपाल तरुण दल
प्रकाशित: २० भदौ २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =