 
                             
                                            बेइजिङ- पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भएको आगलागीमा ११ जनाको मृत्यु भएको मंगलबार पुष्टि भएको हो।
सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा सोमबार दिउँसो करिब २ बजे आगलागी भएको थियो।
आगलागीमा फसेका मानिसहरूको मृत्यु भएको हुन सक्ने सिन्ह्वाले उल्लेख गरेको छ। सोमबारदेखिको खोजी र उद्धारपछि मंगलबार मात्रै मृतकबारे पुष्टि भएको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। रासस/सिन्ह्वा
                            प्रकाशित: ५ वैशाख  २०८० २१:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 