यस्तो छ आजको मौसम

हिमाल प्रेस ४ वैशाख २०८० ६:४५
2
SHARE
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ।

हाल गण्डकी र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशको एक र दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।

देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।

साथै उपत्यका लगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: ४ वैशाख २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =