कोरोना संक्रमण बढ्यो : सतर्कता अपनाउन चिकित्सकको सुझाव

हिमाल प्रेस ३ वैशाख २०८० १२:४६
4
SHARES
कोरोना संक्रमण बढ्यो : सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौँ– केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण बढेको छ। संक्रमित बढ्न थालेसँगै काठमाडौँका अस्पतालमा खोप लगाउनेको उपस्थिति बाक्लिएको छ।
नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्।

यसबीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेमा भने ज्येष्ठ नागरिक र दीर्घरोगी मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए।

उनका अनुसार कोरोना भाइरस बढिरहनुको कारण हालका लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्ट हुन्। उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिको रहेको जानकारी दिए।

डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको बताए। उनले भने, ‘यो सबभेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।’ कोरोना संक्रमण बढेसँगै काठमाडौँको शुक्रराज अस्पतालमा उपचार गराउनेको संख्या बढेको छ। अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुलाई बेलैमा बुस्टर लगाउन पनि आग्रह गरेका छन्। उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिन मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए।

प्रकाशित: ३ वैशाख २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =