बालुवाटारमा गोली चल्यो, माओवादी नेता पुनकी आमा घाइते

गोली चलाउने व्यक्ति नियन्त्रणमा

हिमाल प्रेस २ वैशाख २०८० ९:३८
22
SHARES
बालुवाटारमा गोली चल्यो, माओवादी नेता पुनकी आमा घाइते सांकेतिक तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ। उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन्। उनको खुट्टामा गोली लागेको छ।

गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ। शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चलेको सुरक्षा निकायले जनाएको छ। पुनकी आमाको ट्रमा सेन्टरमा अहिले उपचार भइरहेको छ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ वैशाख २०८० ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =