नेपाल विश्‍वविद्यालय विधेयक चाँडै पारित गर्नुपर्छ : शिक्षामन्त्री राई

हिमाल प्रेस ३० चैत २०७९ १५:२०
6
SHARES
नेपाल विश्‍वविद्यालय विधेयक चाँडै पारित गर्नुपर्छ : शिक्षामन्त्री राई

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल विश्‍वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।

विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पार्दै उनले नेपाल विश्‍वविद्यालयलाई छुट्टै इकाइको रूपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडि बढाउनुपर्ने उल्लेख गरे।

विधेयक अघि बढाउँदा कार्यान्वयन हुनेगरी र आगामी दिनमा कुनै त्रुटि नहुने गरी अघि बढाउनुपर्ने उनले बताए।

‘शिक्षा, अर्थ, कानुनले हेरेर नै यो अगाडि बढेर संसदमा आएर समितिमा संशोधनमाथि छलफलको लागि प्रस्तुत भएको छ। यसबाट सरकार पछि हट्ने अथवा सरकार कञ्ज्यूस्याइँ गर्ने ठाउँमा जान्छ भन्नेकुरा विल्कुलै होइन। यस हिसाबले नलिइदिनुहोला। हाम्रो विद्यमान ऐन, कानुनहरू र अब बन्न लागिरहेका ऐन, कानुनहरूको सापेक्षतामा कसरी अझै समुन्नत, अझै परिमार्जित गरेर लान सकिन्छ भन्ने नै राय माननीयज्यूहरूको मनशाय हो भन्ने रूपमा मैले बुझेको छु,’

विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने,’ नेपाल विश्‍वविद्यालय भन्ने छुट्टै इकाइको रूपमा मात्रै यसलाई नहेरेर समग्र शैक्षिक परिस्थिति, परिवेश मिलाएर यसलाई अगाडि बढाउनुपर्छ।
यसमा हामीले कञ्ज्यूस्याइँ गर्नु हुँदैन।’

नेपाल विश्‍वविद्यालयलाई नमूना विश्‍वविद्यालयको रूपमा स्थापित गर्नेगरी सोच्नुपर्ने मन्त्री राईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =