‘माग्ने बुढा’लाई वर्ष अभिनेताको अवार्ड

हिमाल प्रेस ३० चैत २०७९ १४:५४
20
SHARES
‘माग्ने बुढा’लाई वर्ष अभिनेताको अवार्ड

काठमाडौँ- अभिनेता केदार घिमिरे (माग्ने बुढा) २०७९ सालको वर्ष अभिनेताको अवार्डबाट सम्मानित भएका छन्। बुधवार काठमाडौँमा बक्स अफिस इन्टरनेसनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाँच्ने रहर भएको बताए। आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरूको साथ र माया रहेको भन्दै उनले आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता व्यक्त गरे।

‘यो वर्ष मैले अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुसी लागेको छ। म यो समर्पण दर्शकहरूमा गर्न चाहन्छु। दर्शकको माया र आशीर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ,’ उनले भने।

प्रकाशित: ३० चैत २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =