सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको खुल्यो पहिचान

हिमाल प्रेस २९ चैत २०७९ १३:५७
2
SHARE
सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको खुल्यो पहिचान

सिन्धुली- सिन्धुलीमा मंगलबार राति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन्।

कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन्। दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ। राति १२ः३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुई जनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए।

उक्त दुर्घटनामा अरू तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ थियो। मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिंह, ३६ वर्षीय मनु सिंह र ३२ गवर सिंह रहेका छन्।

सिन्धुली हुँदै काठमाडौँतर्फ जाँदै गरेको विआर ०६ डीडी ०६८७ नम्बरको भारतीय कार अनियन्त्रित भएर बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– ३ सिन्धुलीगढी नजिकै दुर्घटना भएको थियो। कार सडकबाट ५०० फिट तल खसेको थियो।

अहिले शव घटनास्थलबाट सडकमा निकालेर शवबहानबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो। दुर्घटना भीरमा भएका कारण उद्धार टोलीले कठिन तरिकाले शव निकालेको प्रहरी उपरीक्षक सिलवालले बताए।

यो पनि

सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा ४ को मृत्यु

प्रकाशित: २९ चैत २०७९ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =