सिन्धुली बाढी प्रभावित परिवारलाई बागमती प्रदेशले ७ लाख दिने

हिमाल प्रेस २९ साउन २०८० ७:०३
44
SHARES
सिन्धुली बाढी प्रभावित परिवारलाई बागमती प्रदेशले ७ लाख दिने

काठमाडौँ- सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं १ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र संघीय सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरी जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् ।

यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं। ५ सिक्रे दोभानको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता रहेका छन्।

प्रकाशित: २९ साउन २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =