सिन्धुलीमा गर्मी बढेपछि एक साता विद्यालय बन्द

हिमाल प्रेस २१ जेठ २०८० ८:४६
4
SHARES
सिन्धुलीमा गर्मी बढेपछि एक साता विद्यालय बन्द

सिन्धुली– केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ। गर्मीका कारण पठन-पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो।

मेयर दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए। हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले जनाए।

प्रकाशित: २१ जेठ २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =