संक्रमणकालीन न्यायको विषयमा अदालतले हस्तक्षेप गर्न हुँदैन : महरा

हिमाल प्रेस २७ चैत २०७९ १५:४५
4
SHARES
संक्रमणकालीन न्यायको विषयमा अदालतले हस्तक्षेप गर्न हुँदैन : महरा फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायको विषय सत्यनिरुपण आयोगद्वारा निरुपण हुनुपर्ने बताएका हुन्।

‘बृहत विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो, मर्मअनुसार दिगो शान्ति कायम गर्ने र वास्तवमा राज्यको पुनः संरचनासहित शान्ति र निष्कर्षमा पुर्‍याउने हो,’ उनले भने, ‘१० वर्ष जनयुद्ध भएको हो, कारबाही भएको हो, तर यसलाई कुनै पनि पुरानो कानुन हेरेर हुँदैन।’

यस्तै उनले उनले माओवादी जनयुद्धकालीन र एमालेमा रहेका पूर्वमाओवादी नेताहरू माओवादीमा फर्किन सकारात्मक रहेको बताए। ‘व्यवहार गर्दा सिद्धान्त बिर्सिने, सिद्धान्त हेर्दा व्यवहार बिर्सिने रोग कम्युनिष्ट नेताहरूमा छ, त्यो मेटाउनु पर्छ,’ उनले भने।

प्रकाशित: २७ चैत २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =