उद्योग वाणिज्य महासंघका कान्छा उम्मेदवार गोयल

हिमाल प्रेस २७ चैत २०७९ १४:१६
60
SHARES
उद्योग वाणिज्य महासंघका कान्छा उम्मेदवार गोयल

काठमाडौँ- गोयल समूहका कार्यकारी निर्देशक चिराग गोयलले नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेहरूमध्ये उनी कान्छा उम्मेदवार हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन चैत २८ र २९ गते हुँदैछ। ३० वर्षीय गोयल नेपाल युवा उद्यमी मञ्च काठमाडौँका अध्यक्षसमेत हुन्। युवा उद्यमी प्रवर्द्धनका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

युवा उद्यमीहरूको प्रतिनिधि भएर महासंघमा जान लागेको भन्दै उनले स्टार्टअप व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार र भएका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए।

‘नेपालमा युवाहरूको संख्या बढी छ, उनीहरूलाई उद्यम गर्न आवश्यक सल्लाह र सुझाव चाहिएको छ,’ उनले भने, ‘त्यसका लागि नीतिगत सुधार गरेर युवालाई स्टार्टअप व्यवसायका लागि वातावरण तयार गर्न पहल गर्नेछु।’

प्रकाशित: २७ चैत २०७९ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =