उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन, उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा

हिमाल प्रेस ३० चैत २०७९ १२:२८
4
SHARES
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन, उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ। तीन प्रतिष्पर्धी रामचन्द्र संघइ, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघइ बाहिरिएका छन्। अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

जिल्ला नगर, वस्तुगत र एसोसियटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरेका छन्। उमेशलाल श्रेष्ठले ३१.५१ मत प्राप्त गरेका छन्। साथै रामचन्द्र संघइले ३०.४६ मत प्राप्त गरेका छन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ। महासंघको बुधबार भएको निर्वाचन भएको थियो। जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज बिहान सकिएको हो।

मतपरिणामअनुसार एसोसियटतर्फ कुल खसेको एक हजार ६ सय २० मतमध्ये संघइले ६१३ मत प्राप्त गरे। साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरे। साथै ८ मत बदर भयो।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघइले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे। साथै ३ मत बदर भयो। वस्तुगततर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघइले १२ मत प्राप्त गरे। भने एक मत बदर भयो।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्। साथै जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। एसोसियट उपाधयक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षका लागि आजै (बिहीबार) निर्वाचन हुनेछ। मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ।

प्रकाशित: ३० चैत २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =