नयाँ वर्षमा कुटुम्बको कन्सर्ट

हिमाल प्रेस २६ चैत २०७९ १२:२०
4
SHARES
नयाँ वर्षमा कुटुम्बको कन्सर्ट

काठमाडौँ- लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्यान्डले नयाँ वर्ष २०८० को अवसरमा टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ।

ओशो महोत्सवको अवसरमा ओम नेपाल मिडियाले ओशो तपोवनकै सहकार्यमा काठमाडौँको टुँडिखेलमा कन्सर्ट आयोजना गर्न लागेको हो।

महोत्सवमा कुटुम्ब ब्यान्डको कन्सर्टसहित आफ्नो नयाँ सांगीतिक कोसेली सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

योगा, ध्यान र उत्सव गरी कार्यक्रम बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुनेछ। कार्यक्रममा एकदिने ओशो महोत्सव ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको समारोह हुने आयोजकले जनाइएको छ।

कार्यक्रममा ५० हजारभन्दा बढी उपस्थित रहने आयोजक संस्थाको आकलन छ।

प्रकाशित: २६ चैत २०७९ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =