महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छ : व्यवसायी घिमिरे

हिमाल प्रेस २५ चैत २०७९ १३:५६
4
SHARES
महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छ : व्यवसायी घिमिरे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा तथा निर्वाचनमा वस्तुगततर्फ सदस्य पदका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघमा नयाँ आउने नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेको संकटग्रस्त आर्थिक अवस्थामा नयाँ आउने नेतृत्वले निजीक्षेत्रको हकहितका लागि युद्धस्तरमा काम गर्न जरुरी रहेको बताएका हुन्।

विगतको नेपाल उद्योग वाणिज्य महासंघको भूमिका र अब महासंघमा आउन लागेको नेतृत्वको भूमिकामा आकाशपातालको फरक हुनुपर्ने उनको भनाइ थियो। संरक्षक भनिएको संस्थाबाट संरक्षकत्व हुन नसके सम्पूर्ण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना हुने उनले औंल्याए। आर्थिक अवस्था कमजोर भइरहेको बेला महासंघको नेतृत्व सहमतिमा चयन हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए।

महासंघले विगतमा सरकारको आर्थिक सल्लाहकारका रूपमा काम गरे पनि पछिल्लो समय महासंघको साख खस्किँदै गएको उनको भनाइ थियो। ‘विगतको नेपाल उद्योग वाणिज्य महासंघको भूमिका र अब आउने महासंघको नेतृत्वको भूमिका आकाशपातालको फरक हुनुपर्छ,’ उनले भने, ‘त्यसो गर्न नसके संरक्षक भनिएको संस्थाबाट संरक्षकत्व हुँदैन र व्यवसायी पलायन हुने अवस्था आउँछ।’

प्रकाशित: २५ चैत २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =