कोशी प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर

हिमाल प्रेस २४ चैत २०७९ १५:२६
8
SHARES
कोशी प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोशी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। मोरङको बेलबारी नगरपालिका–९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। बेलबारीका मेयर दिलप्रसाद राई र बैंकका कोशी प्रदेश प्रमुख राजीव गजुरेलले एक्सटेन्सन काउन्टरको संयुक्त रूपमा उद्घाटन गरे।

सो क्रममा मेयर दिलप्रसाद राईले आर्थिक अब कारोबार बैंकमार्फत नै हुने भएकाले स्थानीय बासिन्दालाई सहज हुने बताए। कार्यक्रममा बेलबारी–९ का वडाध्यक्ष शालिग्राम बस्नेतले बैंकको पहुँचबाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राहीलाई बैंकिङ सेवा सहज उपलब्ध हुने बताए।

बैंकका कोशी प्रदेश प्रमुखले सेवाग्राहीलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए। बैंकले हाल २ सय ९६ शाखा र ५१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २४ चैत २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =