नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार सुरु

हिमाल प्रेस २७ पुष २०७९ १४:४३
10
SHARES
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार सुरु

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकाआपसमा गाभिएर बनेको ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ले कारोबार सुरु गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त कारोबारको बुधबार सुभारम्भ गरेका हुन्।

दुई वाणिज्य बैंक एक भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। कुल पुँजी ५८ अर्ब भएको बैंकको निक्षेप ३ खर्ब ६० अर्ब र कर्जा ३ खर्ब २९ अर्ब भएको छ।

मर्जरपछि इन्भेष्टमेन्ट मेगा बैंकको २९६ शाखा, २७९ एटीएम र ग्राहक संख्या ३० लाख पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र ज्योतिप्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत बनेका छन्। सञ्चालक समितिमा इन्भेष्टमेन्ट बैंकका दुई जना र मेगा बैंकका तीन जना रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =