अर्घाखाँचीमा एनआईएमबीको नयाँ एक्सटेन्सन काउन्टर

हिमाल प्रेस १८ असार २०८० १३:१०
6
SHARES
अर्घाखाँचीमा एनआईएमबीको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर-२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले आइतबार संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।

यससँगै लुम्बिनी प्रदेशमा एनआईएमबीका ४ वटा एक्सटेन्सन काउन्टर भएका छन्।

उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए।

एनआईएमबीका देशभर २९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =