सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस २४ चैत २०७९ १०:०२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक शुक्रबार  सिंहदरबारमा सुरु भएको छ। बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रालयलगायत एजेन्डाबारे छलफल भइरहेको छ। सत्ता गठबन्धनले बिहीबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको थियो।

नीतिगत प्राथिमकता र न्यूनतम कार्यक्रम तयार पार्न गठित गठबन्धन दलको समितिको तर्फबाट जसपाका सांसद राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए। त्यसपछि सञ्चारमन्त्री रेखा शर्माले उक्त नीति कार्यक्रम वाचन गरेकी थिइन्।

यसअघि पुस २५ गते एक महिनाबाटै कार्यान्वयन गर्ने गरी सरकारले २१ बुँदे नीतिगत प्राथमिकता र नीतिगत कार्यक्रम ल्याएको थियो। त्यति बेलाको गठबन्धन भत्किएर सत्ता समीकरण बदलिएपछि तीन महिना नबित्दै सरकारले अर्को कार्यक्रम ल्याएको हो।

उति बेला सत्तामा रहेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमतबाट बाहिरिएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सरकारमा सहभागी भएका छन्।

प्रकाशित: २४ चैत २०७९ १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =