खल्तीमार्फत वर्ल्डलिंकको रकम भुक्तानी गर्दा आइफोन १४ जित्ने माैका

हिमाल प्रेस २३ चैत २०७९ २०:२६
2
SHARE
खल्तीमार्फत वर्ल्डलिंकको रकम भुक्तानी गर्दा आइफोन १४ जित्ने माैका

काठमाडौँ- खल्तीले वर्ल्डलिंकको इन्टरनेटमार्फतको रकम भुक्तानीमा नयाँ अफर सार्वजनिक गरेको छ। वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताका लागि खल्तीले नयाँ अफर सार्वजनिक गरेको हो।

अफरअनुसार खल्तीमार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेटकाे बिल भुक्तानी गर्दा प्रयोगकर्ताले भ्याट फिर्ता र नियमित क्यासब्याक पाउने छन्। साथै बम्पर पुरस्कारको रूपमा आइफोन १४ र प्रत्येक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउने छन्।

नयाँ अफरले प्रयोगकर्तालाई आफ्नो बिल भुक्तानीलाई झन्झट मुक्त बनाउने खल्तीले जानकारी दिएको छ। अफरमा सहभागी हुन वल्र्डलिंक प्रयोगकर्ताले खल्तीमार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ।

६ हप्ताको अवधिमा खल्तीमार्फत गरिने प्रत्येक प्रयोगकर्ताले लक्की ड्रमा स्वतः प्रवेश पाउने छन्। आइफोन १४ को बम्पर पुरस्कार घोषणा अन्त्यमा हुनेछ।

प्रत्येक हप्ता एकजना भाग्यशाली बिजेताले स्मार्टब्यान्ड पाउनेछन्। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नयाँ अफरमा प्रयोगकर्ताहरूलाई उनीहरूको बिल भुक्तानी गर्न सजिलो बनाउने बताए।

प्रकाशित: २३ चैत २०७९ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =