सुर्खेतस्थित सशस्त्र प्रहरी बल महेश्‍वरी बाहिनीले मनायो स्थापना दिवस

'कठिन परिस्थितिमा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न सफल'

हिमाल प्रेस २३ चैत २०७९ १७:२४
12
SHARES
सुर्खेतस्थित सशस्त्र प्रहरी बल महेश्‍वरी बाहिनीले मनायो स्थापना दिवस

सुर्खेत– सुर्खेतस्थित सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनीको २२ औं स्थापना दिवस मनाइएको छ। सशस्त्र प्रहरी वन नेपाल, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय बाँगेसिमल सुर्खेतले मुख्यालय परिसरमा बिहीबार एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

सो अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रदीप पालले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सफल भएको बताए। उनले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको बताउँदै आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाए।

विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा सशस्त्र प्रहरी वलको माग देशभर भइरहेको उनको भनाइ छ। यसका साथै सशस्त्र प्रहरीको भूमिकाले राजश्वमासमेत योगदान बढेको डीआईजी पालले जानकारी दिए।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले विपद, सीमा रक्षालगायतमा सशस्त्र प्रहरी वलको भूमिका उल्लेखनीय भएको चर्चा गरेका। उनले कठिन परिस्थतिमा स्थापना भएको सशस्त्र प्रहरी वलले हरेक कठिन अवस्थालाई सहजतालाई बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा सशस्त्र प्रहरीका पूर्वकर्मचारी डिलबहादुर खड्काले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै आगामी दिनमा थप कर्मशील र इमान्दार बन्न सुझाव दिए।

सो अवसरमा बाहिनीमा सञ्‍चालित तालिममा सर्वोत्कृष्ट घोषित सशस्त्र प्रहरी बरिष्ठ हवल्दार यज्ञबहादुर कुमाई, रक्तकाली मन्दिरका संरक्षक ऋषि थानीलाई सम्मान गरियो भने स्थापना दिवसका अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमका विजेताहरूलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =