संसद्‌को कार्यव्यवस्था परामर्श समितिमा कुन दलबाट कति जना?

हिमाल प्रेस २२ चैत २०७९ १६:५७
40
SHARES
संसद्‌को कार्यव्यवस्था परामर्श समितिमा कुन दलबाट कति जना?

काठमाडौँ– प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीका लागि बस्ने कार्यव्यवस्था परामर्श समिति सदस्यको टुंगो लागेको छ। बुधबार सिंहदरबारमा बसेको सभामुख, उपसभामुख, संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसहितको बैठकले समितिमा रहने सदस्य संख्या २९ रहने निर्णय गरेको हो।

समितिमा सभामुख, उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनेछन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई उनीहरूले पाएको सिट संख्याको आधारमा सदस्य संख्या निर्धारण गरिएको छ।
जसअनुसार नेपाली कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २ सदस्य कार्यव्यवस्था परामर्श समिति सदस्य रहनेछन्।

यस्तै रास्वपा, राप्रपा, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, १ सिट भएका पार्टीबाट र स्वतन्त्रले एक सदस्य समितिमा पठाउन पाउनेछन्।

प्रकाशित: २२ चैत २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =