ट्रेन्डिङमा ‘झरनाको चिसो पानी’

हिमाल प्रेस २२ चैत २०७९ १६:५९
20
SHARES
ट्रेन्डिङमा ‘झरनाको चिसो पानी’

काठमाडौँ– सुरेश अधिकारीको शब्द र स्वर रहेको ‘झरनाको चिसो पानी’ बोलको चर्चित गीत रिमेक गरिएको छ। यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेको हो। अहिले गीतमा राजु लामाको स्वर छ।

निरज कुमारको संगीत रहेको गीतलाई अहिले योगेश काजी शाहको संगीत संयोजनमा बदलेर रिमेक गरिएको निर्माण पक्षले जनाएको छ।

२५ मार्च अर्थात चैत ११ गते शनिबार सगरमाथा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत यतिबेला नेपाली म्युजिकको ट्रेन्डिङको ४ औं स्थानमा छ। समाचार तयार पार्दासम्म गीत साढे सात लाख ५९ हजार भन्दा बढी भ्युज गइसकेको छ।

अनिल के मानन्धरले छायांकन गरेको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र ललना चिमरियाको अभिनय छ। गीत मौसम हिमालीको निर्देशन र अनिल के मानन्धरको निर्माणमा बनेको छ। गीतको भिडियो मनोज कार्कीको सम्पादनमा बनेको छ।

प्रकाशित: २२ चैत २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =