सं‌‌गीतकार अधिकारीविरुद्ध लगाइएको प्रतिबन्ध फिर्ता लिन आग्रह

हिमाल प्रेस ९ साउन २०८० २१:४०
46
SHARES
सं‌‌गीतकार अधिकारीविरुद्ध लगाइएको प्रतिबन्ध फिर्ता लिन आग्रह

काठमाडौँ- संगीतसम्बद्ध सात संस्थाले संगीतकार सुरेश अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन्।

गीतकार संघ, संगीतकार संघ, प्रस्तोता समाज, संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी संकलन समाजले आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीविरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

ती संघ/संस्थाले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै खेदसमेत प्रकट गरेका छन्। ती संस्थाले साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन्।

प्रतिबन्धको निर्णयलाई फिर्ता नलिए स्रष्टा र कलाकारका सांगीतिक सिर्जनाको प्रसारण रोक्न बाध्य हुने संघ/संस्थाको भनाइ छ।

प्रकाशित: ९ साउन २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =