दश दिनभित्र नेविसंघको तदर्थ समितिलाई पूर्णता दिने सहमति

हिमाल प्रेस २१ चैत २०७९ १७:१६
18
SHARES
दश दिनभित्र नेविसंघको तदर्थ समितिलाई पूर्णता दिने सहमति

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्रको विवाद मिलाउन पार्टी नेतृत्वले अग्रसरता देखाएको छ। नेविसंघको विवाद मिलाउन र तदर्थ समितिलाई पूर्णता दिन पार्टी सहमहामन्त्री भीष्मराज आङ्दाम्बे खटिएका छन्।

आङ्दाम्बेको रोहबरमा नेविसंघको विवाद पनि मिलापत्र गरिएको छ। मिलापत्रमा १० दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसंघलाई पूर्णता दिने सहमति पनि गरिएको छ।

यस्तै नेविसंघको आगामी १२ औं महाधिवेशन ८ महिनाभित्र सम्पन्न गर्ने, जिल्लामा देखिएका समस्या पार्टी नेतृत्वबीच छलफल गरी यथाशीघ्र समाधान गर्ने र रिले अनसनलाई आजै स्थगित गर्ने सहमति भएको छ।

सहमति पत्रमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसी, नेविसंघ अध्यक्ष दुजाङ शेर्मा र नेविसंघ वृहत संघर्ष समितिको तर्फबाट उज्जल बज्राचार्यले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २१ चैत २०७९ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =