विद्युतीय माध्यमबाट ठगी गर्ने गिरोह धनुषाबाट पक्राउ

हिमाल प्रेस २० चैत २०७९ १८:५१
26
SHARES
विद्युतीय माध्यमबाट ठगी गर्ने गिरोह धनुषाबाट पक्राउ

जनकपुरधाम– विद्युतीय माध्यमबाट गर्ने गिरोहलाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको छ। जिप्रका धनुषाबाट खटिएको प्रहरी टोलीले सो घटनामा संलग्न २३ जनालाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट पक्राउ गरेको हो।

उनीहरूले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद गौतमले बताए।

पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए। उनीहरू विभिन्न एपमार्फत हनिट्रैपजस्ता धन्धा गर्दै आएको खुलेको डीएसपी गौतमले जानकारी दिए। थप अनुसन्धान जारी रहेको उनीहरूमाथि अनुसन्धान सकिएपछि विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ।

प्रकाशित: २० चैत २०७९ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =