धनुषा प्रहरी हिरासतबाट थुनुवा फरार

हिमाल प्रेस १५ फागुन २०७९ १४:३७
10
SHARES
धनुषा प्रहरी हिरासतबाट थुनुवा फरार

धनुषा- धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन्।

जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

नकपुरस्थित जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका–३ स्थित यदुकुहाबाट हिँडिरहेको जिपबाट हाम फालेर मुखिया फरार भएको गौतमले बताए। फरार मुखियाको खोजतलास भइरहेको उनले जानकारी दिए। रासस

प्रकाशित: १५ फागुन २०७९ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =