प्रहरीको गाडीबाट हाम फालेर भागेका बलात्कार आरोपी पक्राउ

हिमाल प्रेस १७ फागुन २०७९ ९:५४
4
SHARES
प्रहरीको गाडीबाट हाम फालेर भागेका बलात्कार आरोपी पक्राउ सांकेतिक तस्बिर।

जनकपुरधाम- प्रहरीको गाडीबाट हाम फालेर फरार भएका बलात्कारका आरोपितलाई धनुषा प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ।

आइतबार साँझ करिब ७ बजे शहीदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याम्पबीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका-१३, किरतपुरका २८ वर्षीय राजाबाबु मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले उनलाई जनकनन्दनी गाउँपालिका-१, ईनर्वास्थित भारतीय सीमा नजिकबाट मंगलबार मध्यराति पक्राउ गरेको हो। भारत जानका लागि लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

फागुन ५ गते जबरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रोपटक म्याद थप गरी थुनुवा कक्ष लैजाँदै गर्दा फरार भएका थिए। थुनुवा गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीहरूमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाइएको डीएसपी गौतमले जानकारी दिए।

प्रकाशित: १७ फागुन २०७९ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =