तनहुँ-१ : उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी दर्ता

हिमाल प्रेस २० चैत २०७९ १७:५५
40
SHARES
तनहुँ-१ : उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ– वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा नौ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म नौ जनाको उम्मेदवारी दर्ता भएको हो।

मंसिर ४ मा यसक्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन तय भएको हो।

उम्मेदवारहरू

रामप्रसाद प्रजापति – नेपाल मजदुर किसान पार्टी
पूर्णबहादुर राना – राष्ट्रिय जनमुक्ति पार्टी
सर्वेन्द्र खनाल – नेकपा (एमाले)
प्रेमबहादुर थापा – मंगोल नेसनल अर्गनाइजेसन
गणेश श्रेष्ठ – नेकपा (समाजवादी)
गोविन्द भट्टराई – नेपाली कांग्रेस
शोभा गुरुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी
भीमबहादु सुनार – नागरिक उन्मुक्ति
स्वर्णिम वाग्ले – राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित: २० चैत २०७९ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =