युवतीको फेसबुक ह्याक गरी अश्लील फोटो र भिडियो राख्ने व्यक्ति पक्राउ

हिमाल प्रेस २० चैत २०७९ ७:१९
8
SHARES
युवतीको फेसबुक ह्याक गरी अश्लील फोटो र भिडियो राख्ने व्यक्ति पक्राउ

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर अश्लील फोटो र भिडियो राखेर चरित्र हत्या गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका-४ का दिपेश लोहनी रहेका छन्।

उनले अध्ययनका लागि विदेश गएकी एक महिलालाई दैनिक फोन तथा म्यासेज गरेर धाकधम्की दिने तथा फेसबुकसमेत ह्याक गरी अश्लील फोटो तथा भिडियोहरू राख्ने तथा पीडितको सामाजिक सञ्जाल फेसबुकसँग जोडिएका सम्पूर्ण व्यक्तिहरूलाई पठाउने गरेको उजुरी प्रहरीमा परेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित: २० चैत २०७९ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =