उपनिर्वाचन : नागरिक उन्मुक्ति पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

हिमाल प्रेस २० चैत २०७९ ६:५८
4
SHARES
उपनिर्वाचन : नागरिक उन्मुक्ति पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडौँ- सत्तागठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले पनि उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने भएको छ।
वैशाख १० गते चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदैछ। नागरिक उन्मुक्तिले बारामा रामचन्द्र चौधरी, चितवनमा राजेश अधिकारी र तनहुँमा भीम सुनारलाई उम्मेदवार बनाएको नेता लक्ष्मण चौधरीले बताए।

सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउने भने पनि नागरिक उन्मुक्ति र जनमतले आफ्नै उम्मेदवार उठाएका हुन्। गठबन्धनको साझा उम्मेदवारको रुपमा तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, चितवनमा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारामा जसपाका उपेन्द्र यादव उम्मेदवार बनेका छन्।

प्रकाशित: २० चैत २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =