पर्यटन र रैथाने विश्‍वविद्यालय बनाउन मन्त्रालयले गठन गर्‍यो समिति

हिमाल प्रेस १९ चैत २०७९ १८:११
6
SHARES
पर्यटन र रैथाने विश्‍वविद्यालय बनाउन मन्त्रालयले गठन गर्‍यो समिति

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विश्वाविद्यालय निर्माणका लागि मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।

पर्यटन क्षेत्रमा दक्ष जनशत्ति निर्माण गर्ने उद्देश्यले पर्यटन विश्वविद्यालय निर्माण गर्न सचिव अधिकारीको संयोजकत्वमा शिक्षा मन्त्रालयका सहसचिव, राष्ट्रिय योजना आयोगका सहसचिव, पूर्वसचिव राजिव गौतमसहित ७ सदस्यीय सदस्य रहेको विधेयक तर्जुमा मस्यौदा समिति गठन गरेको हो।

मन्त्री सुदन किरातीको नेतृत्वमा आइतबार बसेको बैठकले समिति गठन गरेको हो। मन्त्रालयले रैथाने विश्वविद्यालय निर्माण गर्ने निर्णय पनि गरेको छ।

‘समाजमा रहेको रैथाने/ मौलिक ज्ञान कला र संस्कृतिलाई संरक्षण र समय अनुसार वैज्ञानिकरण गर्ने उद्देश्यले रैथाने विश्वविद्यालय निर्माणको लागि पूर्वसचिव डा. मानबहादुर विकको संयोजत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य, गीता चौधरी, भोगीराज चाम्लिङ सदस्य र मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सदस्य सचिव रहने ५ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको,’ मन्त्री किरातीले जानकारी दिए।

प्रकाशित: १९ चैत २०७९ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =