पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा मात्रै लाग्दा रहेछन् : पर्यटनमन्त्री किराती

हिमाल प्रेस १८ चैत २०७९ १२:५३ | Saturday, April 1, 2023
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा मात्रै लाग्दा रहेछन् : पर्यटनमन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाइ थियो।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए। त्यहाँ जाने दर्शनार्थीहरूले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए। उनले सो क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरूले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताए।

मन्त्री किरातीले भने,‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो। यसको ठूलो उद्देश्य छ। आज म धेरै नै फोहोरमा पसेको छु। साथीहरूले डाँडाडाँडा सफा गरेर हिड्थ्यो।’

प्रकाशित: १८ चैत २०७९ १२:५३ | Saturday, April 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast