प्रधानमन्त्रीसामु मिटरब्याजपीडितको आँसु [तस्बिरमा]

हिमाल प्रेस १८ चैत २०७९ ११:३३
12
SHARES
प्रधानमन्त्रीसामु मिटरब्याजपीडितको आँसु [तस्बिरमा]

काठमाडौँ- मिटरब्याजपीडितले आफ्ना ६ वटा माग सम्बोधन भएपछि मात्रै काठमाडौँ छाड्ने अडान लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेट्न पुगेका पीडितले यस्तो अडान लिएका हुन्। प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरुले दाहालसँग भक्कानिएर आफ्ना पीडा राखेका थिए।

प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गरको थिए। यस्तै उनले पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए।

यस्तै दाहालले मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने आश्वासन पनि दिए। उनले भने, ‘मिटरब्याजी समस्यालाई लिएर मन्त्रीस्तरीय बैठकबाट एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। त्यो प्रक्रिया अघि बढिसकेको छ।’

प्रधानमन्त्रीसँग मिटरब्याजपीडितले पेस गरे छ बुँदे माग

उनले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको पनि स्पष्ट पारे। उनले भने, ‘मिटरब्याज पीडितहरुलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ। मैले यसपटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ।’

मिटरब्याजपीडितहरू शनिबार बिहान पैदल हिँडेर बालुवाटार प्रवेश गरेका छन्।  विभिन्न जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौँ आएका पीडितहरू गुनासो सुन्न प्रधानमन्त्री प्रचण्डले डाकेपछि बालुवाटार पुगेका थिए।

तस्बिरहरू :  प्रदीपराज वन्त/रासस। हिमालप्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =