चट्याङ लागेर सिरहामा ट्रक चालकको मृत्यु

हिमाल प्रेस १८ चैत २०७९ ८:४८
2
SHARE
चट्याङ लागेर सिरहामा ट्रक चालकको मृत्यु सांकेतिक तस्बिर।

सिरहा- सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ।

सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका-८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत २०७९ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =