लुटेरा समूहद्वारा सिरहामा मनी ट्रान्सफरबाट चोरी

हिमाल प्रेस १० फागुन २०७९ २१:२३
6
SHARES
लुटेरा समूहद्वारा सिरहामा मनी ट्रान्सफरबाट चोरी सांकेतिक तस्बिर।

जनकपुरधाम– सिरहामा लुटेराहरूको एक समुहले मनी ट्रान्सफरको लाखौं रूपैया लुटेका छन्। मनी ट्रान्सफरका लागि ९ लाख रुपैयाँ लग्दै गरेको अवस्थामा लुटेराहरूको समूहले उक्त रकम लुटेको हो।

मिर्चैया-कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुलनजिकै बाट प्रहरी र मनी ट्रान्सफरका कर्मचारीको सुरक्षा घेरा तोडेर लुटेराहरूले लाखौ रुपैयाँ लुटेर फरार भएका हुन्।

लुटेराहरूको खोजतलाश भइरहेको र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको सिरहा प्रहरीले जनाएको छ।

ज. ६ प ४२५६ नम्बरको मोटरसाइकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनी ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएको छ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक नरेशराज पाण्डेले रकम लुटिएको पुष्टि गरेका छन्।

प्रकाशित: १० फागुन २०७९ २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =