एसोसियट उपाध्यक्षमा जितपछि ज्योत्स्नाले भनिन् : म प्रतिको विश्वास टुट्न दिन्नँ

हिमाल प्रेस ३० चैत २०७९ ९:०८ | Thursday, April 13, 2023
एसोसियट उपाध्यक्षमा जितपछि ज्योत्स्नाले भनिन् : म प्रतिको विश्वास टुट्न दिन्नँ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी बनेकी छन्। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उनी एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएकी छन्।

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन्। विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन्।

उनले ‘जित्न कठिन भएपनि जित्छु’ भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गरिन्। उनले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाइन्।

उनले भनिन्, ‘महिलाले नेतृत्व लिन पाउँदा धेरै नै खुशी लागेको छ। जित्न कठिन थियो, तर आत्मविश्वास थियो। किनभने सत्यले जित्छ। म टिम लिएर काम गर्छु।’

प्रकाशित: ३० चैत २०७९ ९:०८ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast