घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ निर्माण घोषणा

हिमाल प्रेस १७ चैत २०७९ १९:४०
10
SHARES
घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ निर्माण घोषणा

काठमाडौँ– घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘चित्रा’को निर्माण घोषणा गरिएको छ। बिहीबार राम नवमीको अवसरमा सिनेमाको कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो।

भदौबाट छायांकनमा जाने सिनेमामा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ। पारिवारिक सामाजिक कथामा निर्माण हुने सिनेमाको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ। सिनेमाले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुतत गर्ने निर्देशन लामिछानेले जानकारी दिए।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लन्डन टु पेरिस’प्रदर्शनको तयारीमा छ। यो सिनेमाको प्रदर्शनपश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भइरहेको छ। उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका सिनेमा निर्देशन गरिसकेका छन्।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन्।

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन्। सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ।

निर्माता अधिकारीले केही समयअघि‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए। सो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन्। उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १७ चैत २०७९ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =